दफा ४४
दोहोर्याई मतगणना हुन सक्ने
(१) कुनै निर्वाचनमा सम्बन्धित उम्मेदवारले देहायका कुराको आधारमा मतगणना कार्य बदर गरी पाऊँ भनी उजूर गर्नु पर्ने कारण सिर्जना भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित अदालतमा उजूरी दिन सक्नेछः–
(क) आफूले बढी मत प्राप्त गरेको भए तापनि अर्काे उम्मेदवारले गैरकानूनी तरीकाले बढी मत प्राप्त गरी विजयी भएको,
(ख) बदर हुने मतपत्र बदर नगरेको वा कानून बमोजिम सदर हुने मतपत्र सदर नगरेको,
(ग) कानून बमोजिम मतगणना गर्नु पर्नेमा त्यस बमोजिम नगरी मतगणना गरेको।
(२) उपदफा (१) बमोजिम दिएको उजुरी प्रमाणित भएमा अदालतले त्यस्तो मतगणना कार्य बदर गरी दोहोर्याई मतगणना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम मतगणना गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका सबै उम्मेदवारले पाएको मत गणना गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम मतगणना गर्दा उम्मेदवार वा निजको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ । तर मतगणनाको रीतपूर्वक जानकारी दिएकोमा कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मतगणना गर्न बाधा पर्ने छैन ।
(५) उपदफा (२) बमोजिम मतगणना गर्दा उजुरवाला उम्मेदवार वा अन्य कुनै उम्मेदवारले बढी मत पाएको प्रमाणित भई त्यसकोकारणले निर्वाचन परिणाम फरक पर्ने देखिएमा निर्वाचित उम्मेदवारको निर्वाचन परिणाम बदर हुनेछ र अदालतले बढी मत पाउने उम्मेदवार कानून बमोजिम निर्वाचित भएको निर्णय गर्नेछ ।